काठमाडौं – संसदीय समितिले एलपीजी ग्यास सिलिण्डरमा डिजिटल प्रोफाइल र ट्रयाकिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। प्रत्येक सिलिण्डरको उत्पादन, परीक्षण, भराइ र आवागमनको डिजिटल अभिलेख राख्न तथा घरायसी र व्यावसायिक सिलिण्डर छुट्याउन समितिले जोड दिएको हो।
सभापति रहबर अन्सारीले एक वर्षभित्र ग्यास वितरण तथा व्यवस्थापन प्रणाली व्यवस्थित गर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन्। सिलिण्डरको मौज्दात, रोटेशन, भुक्तानी र सुरक्षा व्यवस्थापन प्रविधिमैत्री बनाउनुपर्ने समितिको निष्कर्ष छ।






About Us
प्रतिक्रिया