सातदोबाटोका डीएसपी वकिल बहादुर सिंह ‘पुलिस अफ द मन्थ’ घोषित 


काठमाडौं – प्रहरी वृत्त सातदोबाटो, ललितपुरमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) वकिल बहादुर सिंहलाई श्रावण महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको छ।

सिंहले श्रावण महिनामा प्रहरी वृत्त सातदोबाटोको वडा क्षेत्रमा अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी तथा लागूऔषध नियन्त्रण, जुवातास नियन्त्रण, अनुसन्धानमा प्रविधिको प्रभावकारी प्रयोग तथा फैसला कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्‍याउँदै शान्ति सुरक्षा तथा कानुनी शासन कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 

उनले आम नागरिकमाझ समाजमा शान्ति, सुव्यवस्था एवं अमनचयन कायम गर्न प्रशंसनीय कार्य गर्नुका साथै सिङ्गो नेपाल प्रहरी सङ्गठनको छवि र गरिमालाई उच्च राख्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उक्त योगदानको उच्च कदर स्वरूप ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।