काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले एक संस्थापक शेयरधनीको नाममा रहेको ३ हजार ५ सय कित्ता शेयर बिक्रीमा राखेको हो।
संस्थाले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। संस्थाको सो शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया