काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले एकैचोटी विभिन्न १० पदका लागि कर्मचारी माग गरेको छ। बैंकले हेड–फाइनान्समा १ जना, रिस्क अफिसरमा १ जना, ब्रान्च म्यानेजर पदमा १० जना, लिगल अफिसर १ जना, सफ्टवेयर डेभलपर पदमा १ जन, सेमी क्वालिफाइड सीए पदमा २जना, रिलेसनसिप म्यानेजर पदमा केही संख्यामा कर्मचारी माग गरेको हो। त्यस्तै, सिक्युरिटी अफिसर पदमा एक जना, गोल्ड टेस्टर पदमा ३ जना र ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो।
के–के चाहिन्छ योग्यता ?
हेड–फाइनान्स पदमा आवेदन दिन इच्छुक आवेदकका लागि बैंक तथा वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षण वा लेखा क्षेत्रमा कम्तीमा ६ वर्षको अनुभव तथा हेड–फाइनान्स वा बैंक तथा वित्तीय संस्थाको आन्तरिक लेखापरीक्षणमा कम्तीमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ।
त्यस्तै, मान्यता प्राप्त विश्व विद्यालयबाट व्यवस्थापन वा अर्थशास्त्रमा कम्तीमा ५० प्रतिशत वा सोसरह अंकसहित स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, चार्टर्ड एकाउन्टेन्ट वा सेमी–चार्टर्ड एकाउन्टेन्टलाई विषेश प्राथमिकता दिइनेछ। त्यस्तै, बैंकले रिस्क अफिसर पदमा आवेदन दिन इच्छुक आवेदनकमा बैंक तथा वित्तीय संस्थाको कर्जा जोखिम विभाग वा कर्जा विभागमा कम्तीमा ५ वर्ष काम गरेको अनुभव र मान्यता प्राप्त विश्व विद्यालय वा संस्थाबाट व्यवस्थापन वा लेखाशास्त्रमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। चार्टर्ड एकाउन्टेन्ट तथा सेमी–चार्टर्ड एकाउन्टेन्टलाई प्राथमिकता दिइनेछ।
ब्रान्च म्यानेजरमा वाणिज्य बैंक वा राष्ट्रियस्तरको विकास बैंकमा कम्तीमा ५ वर्षको कार्य अनुभव र सोमध्ये कम्तीमा १ वर्ष शाखा प्रमुखका रूपमा काम गरेको अनुभव आवश्यक छ। मान्यता प्राप्त विश्व विद्यालयबाट व्यवस्थापन वा अर्थशास्त्रमा कम्तीमा ५० प्रतिशत वा सोसरह अंकसहित स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। यसैगरी, बैंकले लिगल अफिसरका लागि बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइनेछ। सफ्टवेयर डेभलपर पदमा बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्षको अनुभव तथा सफ्टवेयर विकाससम्बन्धी काममा कम्तीमा १ वर्षको अनुभव आवश्यक रहनेछ।
त्यस्तै, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। सेमी क्वालिफाइड सीए पदमा बैंक तथा वित्तीय संस्थामा काम गरेको अनुभव भएको हुनुपर्नेछ भने बैंकिङ्ग क्षेत्रमा काम गरेको अनुभव भएकालाई थप प्रोत्साहन गरिनेछ। रिलेसनसिप म्यानेजर पदका लागि बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्षको अनुभव र त्यसमध्ये कर्जा वा बजार व्यवस्थापनसम्बन्धी काममा कम्तीमा १ वर्षको अनुभव आवश्यक छ। मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक तह वा सोसरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ।
सिक्युरिटी अफिसरका लागि नेपाल प्रहरीको जनपद वा सशस्त्र प्रहरीतर्फबाट अवकाशप्राप्त, प्रहरी नायब निरीक्षक वा निरीक्षक तहका उम्मेदवारले आवेदन दिन सक्नेछन्। सम्बन्धित उम्मेदवारसँग सुरक्षा व्यवस्थापन, गुप्तचरसम्बन्धी काम तथा सीसीटीभी निगरानीसम्बन्धी काममा कम्तीमा ५ वर्षको अनुभव हुनुपर्नेछ।
गोल्ड टेस्टरका लागि न्यूनतम एसएलसी वा एसईई उत्तीर्ण गरेको हुनुपर्नेछ। सुनको मूल्याङ्कन वा जाँचसम्बन्धी व्यावसायिक तालिमको प्रमाणपत्र भएकालाई प्राथमिकता दिइनेछ। साथै, बैंक तथा वित्तीय संस्था वा सुनसम्बन्धी व्यवसायमा कम्तीमा २ वर्ष गोल्ड टेस्टरका रूपमा काम गरेको अनुभवी हुनुपर्नेछ। त्यस्तै, बैंकले ट्रेनी असिस्टेन्टका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा कम्प्युटर विज्ञानमा कम्तीमा ५० प्रतिशत वा सोसरह अंकसहित स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। इच्छुक आवेदकहरूले भदौं १७ गते साझ ५ः३० भित्र आवेदन दिनुपर्नेछ।






About Us
प्रतिक्रिया