बैंकिङ्ग कसुर मुद्दामा ७ लाख ६८ हजार बिगो तोकिएका टेक बहादुर पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीका टेक बहादुर रानामगर रहेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको हो।

मगर बैंकिङ्ग कसुर मुद्दामा १ वर्ष ७ दिन कैद, २९ हजार जरिवाना र ७ लाख ६८ हजार बिगो फैसला भएपछि फरार भएका थिए। उनलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि  जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।