काठमाडौं – आजदेखि कामना सेवा विकास बैंकले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले यसअघि सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा ल्याएकोमा उनीहरूबाट खरिदका लागि आवेदन नपरेकाले अब भने सर्वसाधारणका लागि उक्त शेयर बिक्रीमा ल्याएको हो।
सो शेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संस्थाले यो सूचना प्रकाशित भएको आजको मितिले ७ दिन भित्र बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया