काठमाडौं – काठमाडौंका विभिन्न स्थानहरूबाट मोटरसाइकल र स्कुटर चोरी गरी फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि घर भएका दिवश श्रेष्ठ, रसुवाका निराजन लोप्चन तामाङ र रामेछापका गणेश बहादुर गौतम रहेका छन्।
प्रहरी वृत्त स्वयम्भू, महाराजगंज र कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। चोरी भएका मोटरसाइकल र स्कुटरसहित उनीहरूलाई नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया