बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद


काठमाडौं – स्याङ्जाको वालिङ नगरपालिका–१२ कोखेमा ७ थान भरुवा बन्दुकसहित बन्दुक बनाउने सामग्री बरामद गरिएको छ। वालिङ नगरपालिका–१२ कोखे बस्ने अन्दाजी १८ वर्षीय विराज विकको घरमा बिना अनुमति अवैध रूपमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने गोप्य सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय वालिङबाट खटिएको टोलीले खानतलासी गरेको थियो।

खानतलासीका क्रममा मर्मत गर्दै गरेको अवस्थामा ७ थान बेसाबुत भरुवा बन्दुक, भरुवा बन्दुकका नाल ३ थान र भरुवा बन्दुकको फ्रेम बनाउने डाई १ थान बरामद गरिएको छ। यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।