शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालको बैंक खाता रोक्का


काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शेयर लगानीकर्ता दिपेन्द्र अग्रवालको बैंक खाता रोक्का गरेको छ । सीआईबीले अग्रवाल सहित परिवार सदस्य तथा कारोबारमा संलग्न केही साझेदारको बैंक खाता रोक्का गरेको हो ।

धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा उनी पक्राउ परेका थिए । सोही कसुरमा उनको बैंक खाता रोक्का गरिएको हो । शेयरको मूल्य कृत्रिम रूपमा बढाएको आरोपमा उनी पक्राउ परेका थिए । त्यसअघि उनी ठगी र अपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ परेका थिए।

उनले ४९ लाख १९ हजार कानुन विपरीत नाफा आर्जन गरेको सीआईबीको भनाइ छ। सीआईबीका अनुसार उनले अरूको टिएमएस युजरको प्रयोग गरी आपसी खरिद बिक्री गरेका छन्। साथै, स्वामित्व नबढ्ने गरी कारोबार गरी कपोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको छ ।