साल्ट ट्रेडिङको ९.५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साल्ट टे«डिङ कर्पाेरेशनको ९.५ प्रतिशत बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ। यसदिन कम्पनीको कुल ३ लाख ४ हजार ६८१ कित्ता शेयर सूचिकृत भएको हो।

उक्त सूचिकृत शेयर भोलिदेखि कारोबार गर्न सकिनेछ। नेप्सेमा यस कम्पनीको सूचिकृत शेयर ३५ लाख ११ हजार ८५१ कित्ता पुगेको छ।