विराटनगर – नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश प्रमुखको जिम्मेवारी उपनिर्देशक राजेन्द्र महर्जनले पाएका छन्। प्राधिकरणको कोशी प्रदेश प्रमुख रहेकी उपनिर्देशक प्रीति देव केन्द्रीय कार्यालयमा सरुवा भएपछि महर्जनले सो स्थानको जिम्मेवारी पाएका हुन्।
बीमा क्षेत्रको नियमन, विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महर्जनको नेतृत्वबाट महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। विशेष गरी कोशी प्रदेशमा बीमाको पहुँच विस्तार, सेवाको गुणस्तर अभिवृद्धि तथा बीमा क्षेत्रसँग सम्बन्धित सरोकारवालाबीचको समन्वयलाई थप सुदृढ बनाउन उनको कार्यकाल महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।

नयाँ जिम्मेवारीसँगै महर्जनले कोशी प्रदेशमा बीमा क्षेत्रको विकास र विस्तारलाई प्राथमिकतामा राख्दै प्रभावकारी नियमन तथा सेवा प्रवाहमा जोड दिने अपेक्षा गरिएको छ। महर्जनसँग यसअघि कर्णाली प्रदेशमा समेत काम गरेको अनुभव रहेको छ। २०७२ सालमा अफिरबाट प्राधिकरणमा प्रवेश गरेका महर्जनसँग विभिन्न शाखामा रहेर काम गरेको अनुभव छ।






About Us
प्रतिक्रिया