काठमाडौं – ललितपुरमा घरबाट चाँदी, तामा तथा पित्तलका गरगहना तथा विभिन्न सामग्री चोरी गरी फरार रहेका एक जनालाई पक्राउ गरिएको छ। सानागाउँस्थित प्रकाश ताम्राकारको घरबाट विभिन्न धनमाल चोरी गरी फरार रहेको सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले चोरीका धनमालसहित काठमाडौंका अनिल खड्गीलाई पक्राउ गरेको हो।
खड्गीको साथबाट तामाको फिल्टर, जग, दियो, कलश, पञ्चमाला, अष्टमण्डल, पित्तलको पन्यु, चाँदीको जस्तो देखिने टिका दानी तथा कल्ली, विभिन्न धातुका मूर्ति, घडी, सुनको जस्तो देखिने सिक्री तथा ब्रासलेट, पोतेमाला, कपडालगायतका सामान बरामद गरेको भएको छ।
पक्राउ परेका खड्गीलाई चोरीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया