सिद्धार्थ बैंकको १ लाख ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा


काठमाडौं – सिद्धार्थ बैंकले आजदेखि १ लाख ५७ हजार कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले दुई जना संस्थापक शेयरधनीको नाममा रहेको कुल १ लाख ५७ हजार ४७९ कित्ता शेयर बिक्रीमा राखेको हो।

जसमा संस्थापक शेयरधनी कृष्णराज पराजुलीको नाममा रहेको १ लाख १० हजार कित्ता र कृृष्णकुमी गुरुङको नाममा रहेको ४७ हजार ४७९ कित्ता शेयर रहेको छ।

सो शेयरमा हाल कायम बैंकका संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन्। उक्त शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक शेयरधनीहरूले बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौं स्थित कम्पनी सचिवको कार्यालयमा आफुले खरिद गर्न चाहेको शेयर संख्याको खुलाई आवश्यक कागजातसहितको लिखित आवेदन दिनु पर्नेछ।