काठमाडौं – यही वर्ष २०८३ को भदौ २१ (सेप्टेम्बर ६) मा आयोजना हुन लागेको नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६ मा भारतीय पूँजी बजारको नियामकीय सेक्यूरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी)का कार्यकारी निर्देशक श्री गोबिन्दायापाली राम होमन राव आउने पक्का भएको छ। भारतीय शेयर बजारको सर्वोच्च संस्था सेबीमा कार्यकारी निर्देशकको भूमिकामा रहेर पूँजी बजार सुधारका लागि काम गर्दै आइरहेका रावको विशेष प्रस्तुती रहनेछ।
बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजना तथा नासा सेक्युरिटिजको मूख्य प्रायोजनमा हुन लागेको पहिलो नेपाल क्यापिटल मार्केट डिसकोर्शमा नेपालको पूँजी बजारका सुधारका लागि नीतिगत सुधारमाथि गहत र घनिभूतरुपमा छलफल हुनेछन्। नियामकीय नीति र नीतिगत व्यवस्था, लगानीकर्तालाई शेयर शिक्षा र प्रविधिसँग सम्बन्धीत विषयमा विभिन्न ३ वटा सत्रगत छलफल डिस्कोर्शमा हुनेछन्। यसैगरी, सेबीका रावले डिस्कोर्शमा विशेष प्रस्तुती दिनेछन्।
उनले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सुरु गर्न लागेको भनिएको ‘सर्ट सेल’ र ‘इन्ट्रा डे’का बारेमा विषेश प्रस्तुती दिनेछन्। यस्तै, नियामकीय निकायले पूँजी बजार सुधार गर्न र व्यवस्थाथित बनाउनका लागि गर्नुपर्ने कामहरुको विषयमा समेत प्रस्तुती दिनेछन्। सो डिस्कोर्शमा नेपालबाट सेबोनका अध्यक्षसहित अन्य प्रतिनिधिको, अर्थमन्त्रालयको, नेपाल स्टक एक्सचेञ्जको र सीडीएससी एण्ड क्लियरिङ्ग लिमिटेड, ब्रोकर कम्पनीहरु, मर्चेन्ट बैंकर्स, पीईभीसी, बैंक तथा वित्तीय संस्था, सूचीकृत कम्पनी लगायतको सहभागिता रहनेछ। जहाँ नेपालको पूँजी बजार सुधारका लागि नीतिगत संवाद र बहस हुनेछ। यस्तै, डिस्कोर्श लगतै प्रतिवेदन तयार पार्दै नियामकीय निकायसँगै सरोकारवाला निकायलाई बुझाइनेछ।






About Us
प्रतिक्रिया