काठमाडौं – मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष भूषण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्।
नेपाल राष्ट्र बैंकमा सोमबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
बैंक सञ्चालक समितिको २७ साउनमा बसेको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गरेको थियो। नियुक्तिपछि श्रेष्ठले सोमबार औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।






About Us
प्रतिक्रिया