काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका औरही नगरपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत निलाम्बर मिश्र मैथलीसहित ११ जना र ५ वटा सप्लायर्स कम्पनीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप पत्र दायर गरेको छ।
आयोगका अनुसार औरही नगरपालिकामा नगर खानेपानीका लागि ह्याण्डपम्प, ट्युबवेल, चापाकल तथा मोटर वितरणमा अनियमितता भएको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा सार्वजनिक खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको पाइएको हो। आर्थिक वर्ष २०७९\८० मा ह्याण्डपम्प तथा ट्युबवेललगायतका सामग्री खरिद गर्दा सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ को व्यवस्था उल्लङ्घन गरिएको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रतिवादीहरूले आपूर्तिकर्तासँगको मिलेमतोमा सामग्रीको आइटम दररेटमा १५ प्रतिशत थप गरी लागत अनुमान स्वीकृत गराएको, एउटै प्रकृतिका वस्तु तथा सेवाको खरिदलाई विभिन्न चरणमा विभाजन गरी पटक–पटक खरिद गरेको र खरिद प्रक्रियामा प्रतिस्पर्धा सीमित गरेको पाइएको छ।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा दफा २२ बमोजिम सजाय र बिगो असुलउपरको मागदाबी गर्दै आयोगले आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो।






About Us
प्रतिक्रिया