विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका जननी बज्राचार्य र ममता पाण्डे पक्राउ 


काठमाडौं – विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका जननी बज्राचार्य र ममता पाण्डे  पक्राउ परेका छन्। नेपाल एयरलाइन्स विमानबाट  काठमाडौंबाट क्वालालम्पुर  जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनको  खानतलासी गर्ने क्रममा बज्राचार्यको साथबाट ४ हजार ३ सय अमेरिकी डलर र १२ हजार ३७२ एमवाइआर फेला परेको छ। यस्तै, पाण्डेको साथबाट ४ हजार २ सय अमेरिकी डलर  र १२ हजार ३२८एमवाइआर  फेला परेको छ।

उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि बरामद मुद्रासहित पक्राउ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक, ललितपुर पठाइएको  प्रहरीले जनाएको छ।