काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३५० कम्पनी कारोबारमा आउँदा रिलायन्स स्पिनिङ मिल्सको कारोबार र कमाइ दुबैमा वृद्धि देखिएको छ। आज नेप्सेमा यस कम्पनीको १ अर्ब ३८ करोड रुपैयाँको शेयर कारोबार भएको हो। यससँगै आज यस कम्पनीको शेयर मूल्य ११.१७ प्रतिशतले बढेर २८ सय ४१ रुपैयाँ पुगेको छ।
यससँगै आज सोलु हाइड्रोपावरको समेत ३८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, क्रमशः रिडी पावरको १६ करोड ४१ लाख, खानीखोला हाइड्रोपावरको १५ करोड ४१ लाख र विकास हाइड्रोपावर कम्पनीको १२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।






About Us
प्रतिक्रिया