काठमाडौं – नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ। साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आज समापन भएको हो। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन आज ३० हजारभन्दा बढीले अवलोकन गरेका छन्। त्यस्तै एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए। नाइमाले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो।
समापन कार्यक्रममा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनु, एक लाख ८० हजारभन्दा बढीले अवलोकन गर्नु तथा ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु नै यस एक्स्पोको ठूलो उपलब्धि भएको बताइन्।’यो एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, नेपालको सम्पूर्ण मोबिलिटी उद्योगको सामूहिक सफलता हो, म सबै सहभागीलाई हार्दिक धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन्, ’एक्स्पोमा नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनसँगै ज्ञान र सिकाइलाई पनि प्राथमिकता दिएका थियौँ, एक्स्पो सवारी साधन प्रदर्शन गर्नेमात्र नभएर ज्ञान सिर्जना गर्ने प्लेटफर्म पनि बन्नुपर्छ भन्ने हाम्रो विश्वास हो।’
एक लाख ८० हजारभन्दा बढी मानिस एक्स्पोमा आउनु नाइमा जस्तो युवा संस्थाका लागि सबैभन्दा ठूलो उत्साह र प्रोत्साहन भएको उनले बताइन्। ’यो अन्त्य होइन, सुरुवात हो,’ उनले भनिन्, ’आगामी दिनमा अझ ठूलो, अझ राम्रो र अझ बलियो भएर अघि बढ्ने हाम्रो लक्ष्य छ।’
नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले नाइमा एक्स्पोमा यति ठुलो संख्यामा मानिसको आगमन हुनु सुखद संकेत भएको बताए । ’नाइमा एक्स्पो सबै हिसाबले सफल भएको छ,’ उनले भने, ’अटो इन्डस्ट्रीकै लागि यो खुसीको विषय हो ।’
अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडा मेला सोचे र अनुमान गरेभन्दा बढी सफल भएको बताए । ’हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ’सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ, हामी धेरै नै उत्साहित भएका छौं ।’
त्यसैगरी नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले मेला सुपरहिट भएको बताए । ’नाइमा एक्स्पोलाई एक शब्दमा बयान गर्ने हो, त्यो शब्द हो सुपरहिट,’ उनले भने ।नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसहित सिकाइ सत्रहरु, बृहत्तर सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिँदै एक्स्पोको परिभाषालाई अवधारणागत रुपमा पुस्ट्याइँ गरिएको बताए। ’अवलोकनकर्ताले देखाएको सन्तुष्टि नै नाइमा एक्स्पो सफलताको मापक हो,’ उनले भने।
त्यस्तै, नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई एक शब्दमा “सुपरहिट” भएको बताए। नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा जोड दिइएको बताए। एक्स्पोको समापनका दिन ‘Importing Talent, Exporting Workers: Bridging Nepal’s Education, Skills and Entrepreneurship Gap’ विषयमा नाइमा मोबिलिटी संवाद आयोजना गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमा बोर्ड सदस्य एवं पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाइँ तथा थापाथली इन्जिनियरिङ क्याम्पसका एसिस्टेन्ट प्रोफेसर लोचनकेन्द्र देवकोटाले प्यानलिस्टका रूपमा सहभागिता जनाएका थि ।
एक्स्पो अवधिभर ‘AI and Automotive Technology: Driving the Future of Mobility’, ‘Battery Recycle and Ethanol Blending in Fuel’, ‘Mobilizing Mobility through Finance & Insurance’, ‘मोबिलिटी : हिजो, आज र भोलि’ तथा ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing Fuel for Economic Growth’ लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले एक्स्पोको दोस्रो संस्करण आयोजना गरिएको नाइमाले जनाएको छ। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताका विभिन्न ब्रान्डको उल्लेख्य सहभागिता रहेको थियो। एक्स्पोमा ग्लोबल आइएमई बैंक को–स्पोन्सर, रेडबुल पावर्डबाई तथा एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ्ग पार्टनरका रूपमा रहेका थिए। सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनर रहेका थिए।
त्यस्तै, बोस (BOSCH), ग्लोबल कलेज, एम्बार्क कलेज, अग्नि इनर्जी, अजायल इन्जिनियरिङ सोलुसन्स, पठाओ नेपाल, अक्वा मिनरल्स, द सोल्टी काठमाडौं, ग्रान्डी इन्टरनेसनल हस्पिटल, हिकभिजन तथा हिट्को लगायत विभिन्न कम्पनी तथा संस्थाले प्रविधि, शिक्षा, चार्जिङ, राइड, हाइड्रेसन, हस्पिटालिटी, मेडिकल, सर्भिलियन्स तथा फायर एन्ड सेफ्टी पार्टनरका रूपमा सहकार्य गरेका थिए। नाइमा एक्स्पोमा आइएमई खल्ती को–टिकेटिङ पार्टनर, युनियन पे क्यूआर पार्टनर, पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क अडियो–भिजुअल पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटीएस नेपाल भेइकल सेफ्टी पार्टनर, मिडिया स्पेस सोलुसन्स म्यानेजमेन्ट पार्टनर, वर्ल्डलिंक कम्युनिकेसन्स कनेक्टिभिटी पार्टनर तथा प्रफिट मिडिया पब्लिकेसन पार्टनरका रूपमा रहेका थिए।







About Us
प्रतिक्रिया