एनएमबि क्यापिटल फण्डका तीन योजनाको लाभांश घोषणा


काठमाडौं – एनएमबि क्युचुअल फण्डअन्तर्गत सञ्चालित हुने ३ योजनाले आर्थिक वर्ष २०८२/०८३ का लािग लाभांश घोषणा गरेको छ। साउन २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ र एनएमबि हाइब्रिड फण्ड एल २ का इकाईधनीहरूका लागि वितरण गर्ने लाभांश घोषणा गरेको हो।

जसमा क्यापिटलले एनएमबि फिफ्टीका इकाईधनीहरूका लागि ३.१५ प्रतिशत, एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ लागि १० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल २ का लागि ४.५ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साथै, सो बैठकले लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले भदौ ८ गते, सोमबार, एक दिनका लागि बुकक्लोज गर्ने निर्णय समेत गरेको छ।