बालाजुबाट मोबाइल चोरी गर्ने रञ्जित भण्डारी र नबिन थिङ पक्राउ 


काठमाडौं – बालाजु क्षेत्रमा सवारी चालक तथा सर्वसाधारणलाई विभिन्न बहाना बनाई, झुक्यानमा पारी मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  काठमाडौंको तारकेश्वर नगरपालिका– ६ बस्ने वर्ष ३३ को रञ्जित भण्डारी र रसुवाका उत्तरगया गाउँपालिका– ४ घर भइ काठमाडौंको मनमैजु बस्ने नबिन थिङ रहेका छन्। 

मोबाइल चोरी गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मोबाइल १२ थान , सादा सिकन्दर नामको राहदानी २ थानसहित  नियन्त्रणमा लिएको हो। उनीहरूलाई पक्राउ गरी चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन  म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।