काठमाडौं – काठमाडौं महानगरपालिका– १६ टौडोलस्थित एक घरको डेरा कोठा फुटाई गरगहना, नगद र अन्य धनमालहरू चोरी भागेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटका सुमन थापा मगर, कञ्चनपुरका दीपक भन्ने दीपेश नेगी, गोरखाका धन बहादुर सुनार र सुक बहादुर गुरुङ रहेका छन्।
चोरी फरार भएको भन्ने सूचना प्राप्त हुना साथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको हो।
उनीहरूको साथबाट चोरीको गरगहना, नगद, डलर तथा जिन्सी सामान सहित फेला पारी नियन्त्रणमा लिई चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ६ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ७५ हजार नेपाली नगद, सुनको मुन्द्रा, झुम्का, औंठी र सुनको गहनाका टुक्राहरू ३१ थान, ल्यापटप ३ थान, मोबाइल सेट ९ थान, घडी ५ थानलगायत बरामद गरेको छ।







About Us
प्रतिक्रिया