वाणिज्य बैंकहरूको खराब कर्जा बढ्यो, कुनको कति ?


काठमाडौं – २० वाणिज्य बैंकको औसत खराब कर्जा (एनपीएल) अनुपात ५ प्रतिशत नाघेकाे छ। बैंकहरूले सार्वजनिक गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म औसत एनपीएल ५.४४ प्रतिशत पुगेको हो।

समीक्षा अवधिमा सबैभन्दा धेरै खराब कर्जा वृद्धि प्रभु बैंकमा देखिएको छ। बैंकको खराब कर्जा १५.५५ प्रतिशत पुगेको छ। यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा ८.६६ प्रतिशत पुगेको छ।

त्यसैगरी, सिद्धार्थ बैंकको ३.५३ प्रतिशत , एभरेस्ट बैंकको ०.४९ प्रतिशत, सिटिजन्स बैंकको ५.८८ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.२३ प्रतिशत पुगेको छ। यस्तै, एनएमबी बैंकको खराब कर्जा ४.९१ प्रतिशत, कृषि विकास बैंककाे ४.०७ प्रतिशत, प्राइम बैंकको ६.६९ प्रतिशत, कुमारी बैंकको ७.४६ प्रतिशत, एनआईसी एशिया बैंकको ९.२६ प्रतिशत पुगेको छ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा ३.९५ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.९६ प्रतिशत र माछापुच्छ्रे बैंकको ३.९८ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.०३ प्रतिशत पुगेको छ। १५ वटा वाणिज्य बैंकहरूकाे खराब कर्जा बढ्दा ५ बैंककाे भने घटेकाे छ। एनपीएल घट्ने बैंकहरूमा नेपाल एसबीआई बैंक, नेपाल बैंक, नबिल बैंक, सानिमा बैंक, हिमालयन बैंक रहेक छन्।

नेपाल एसबीआई बैंककाे खराब कर्जा १२.८३ प्रतिशतले घटेर २.९२ प्रतिशत, नेपाल बैंकको ८.३३ प्रतिशतले घटेर ४.१८ प्रतिशत, नबिल बैंकको ६.२५ प्रतिशतले घटेर ४.२ प्रतिशत,सानिमा बैंकको ४.६ प्रतिशतले घटेर २.८७ प्रतिशत र हिमालयन बैंकको ०.१२ प्रतिशतले घटेर ७.९६ प्रतिशतमा सीमित भएको छ।