काठमाडौं – एसियन भिलेज रिसोर्ट कर्जा प्रकरणमा नेपाल प्रहरीको (सीआईबी) थप एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रभु बैंकका म्यानेजर नन्दराज जोशी रहेका छन्। एसियन भिलेज रिसोर्टलाई प्रवाह गरिएको कर्जा रकम दुरुपयोग भएको आरोपमा जोशी पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए।
जोशीलाई बिहीबार पक्राउ गरी चार दिन म्याद थप गरिएको उनले बताए। यस प्रकरणमा सीआईबीले रिसोर्टका अध्यक्ष शशीधर शर्मा, बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्तसहित चार जना पक्राउ परिसकेका छन्। उनीहरुलाई एशियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंक लिमिटेडबाट ४८ करोड रुपैयाँ कर्जा लिएर कर्जा अपचलन गरेको अभियोगमा पक्राउ गरिएको हो।







About Us
प्रतिक्रिया