साताको सुन कारोबारः ताेलामा १ सय रूपैयाँले घट्याे मूल्य


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढ्यो। मूल्य बढेसँगै त्यसदिन प्रतितोला सुन ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भयो। आइतबार बढेको सुनको मूल्य सोमबार भने सामान्य घट्यो। सोमबार तोलामा २ सय रुपैयाँले मूल्य घटेसँगै प्रतितोला सुन ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भयो।

यस्तै, मङ्गलवार सुनको मूल्य प्रतितोला ६ हजार ४ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। मङ्गलवार बढेको सुनको मूल्य बुधवार भने प्रतितोला १ हजार २ सय रुपैयाँले घट्दै ३ लाख ६ हजार सात सय रुपैयाँमा किनबेच भयो।

बिहीबार पनि सुनको मूल्य सामान्य अर्थात् प्रतितोला ५ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख ६ हजार २ सय रुपैयाँमा किनबेच भयो। शुक्रवार प्रतितोला चार हजार ६ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख १ हजार ६ सय रुपैयाँमा किनबेच भयो। समग्रमा यो साता सुनको मूल्यमा १ सय रूपैयाँकाे गिरावट देखिएकाे छ।