काठमाडौं – चेक अनादर मुद्दामा एक वर्ष ६ महिना कैद सजाय तोकिएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी– ६ इमाडोल सितलहाईट बस्ने नितेश श्रेष्ठ र भक्तपुरको भक्तपुर – ६ याछेँ बस्ने राज कुमार सिजख्वा रहेका छन्।
श्रेष्ठलाई चेक अनादर मुद्दामा १ वर्ष कैद र सिजख्वालाई ६ महिना कैद सजाय तोकिएको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिइएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेस गरेको छ।







About Us
प्रतिक्रिया