काठमाडौं – प्रभु बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २४ करोड बढी घाटा बेहोरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार बैंकले २४ करोड १२ लाख घाटा बेहोरेको हो । जबकि बैंकले अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ८७ करोड २३ लाख खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढे पनि नाफामा गिरावट आएको हो । बैंकले गत असारसम्म ९ अर्ब २६ करोड ५७ लाख खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष बैंकले ७ अर्ब १९ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको थियो । गत वर्षको अन्त्यसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २१ करोड ७२ लाख, कुल सञ्चालन आम्दानी १२ अर्ब ६७ करोड १४ लाख र सञ्चालन नाफा १ अर्ब ५९ करोड ३१ लाख ४७ हजार रहेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा ६ अर्ब ३१ करोड ३१ लाख ऋणात्मक छ ।
हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रहेको छ भने बैंकको जगेडा कोषमा १५ अर्ब ९४ करोड ६६ लाख रहेको छ । बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ३.७१ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी गत वर्ष घटेर ६.५६ रुपैयाँ ऋणात्मक छ ।
अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर १५.५५ प्रतिशत पुगेको छ । खराब कर्जा बढेपछि बैंकले ४ अर्ब ९४ करोड प्रोभिजनिङ छुट्टाएको छ ।







About Us
प्रतिक्रिया