काठमाडौं – माण्डु हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा आगामी भदौ १८ गते, नेपाल बैंक्वेट, नयाँबजार काठमाडौंमा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र आर्थिक वर्ष २०८२/८३ को लागि सञ्चित मुनाफाबाट १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै, सभाले लाभांशको कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जस अनुसार भदौ ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको सो सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।








About Us
प्रतिक्रिया