काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साउन २६ गते माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सूचीकृत भएको छ। नेप्सेमा कम्पनीको ८६ लाख कित्ता शेयर सूचीकृत भएको हो।
कम्पनीले सर्वसाधारणमा वितरण गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ६० लाख २० हजार कित्ता शेयर गरी कुल ८६ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको सो शेयर आज अर्थात् साउन २७ गतेदेखि कारोबारमा आउनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।








About Us
प्रतिक्रिया