पाल्पा सिमेन्ट इन्डस्ट्रिजको २ लाख ८१ हजार कित्ता शेयरको लक इन अवधि सकिँदै


काठमाडौं – पाल्पा सिमेन्ट इन्डस्ट्रिजको सामुहिक लगानी कोषलाई बाँडफाँट भएको २ लाख ८१ हजार २५० कित्ता शेयरको लक इन अवधि भदौ २८ गते सकिने भएको हो।

कम्पनीले जारी गरेको सूचनाअनुसार, कम्पनीको कुल जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँमध्ये सामुहिक लगानी कोषका लागि छुट्याइएको ५६ लाख २५ हजार कित्ता शेयरको ५ प्रतिशत, अर्थात् २ लाख ८१ हजार २५० कित्ता साधारण शेयरको लकइन अवधि सकिने भएको हो।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका बमोजिम बाँडफाँट गरिएको मितिले ६ महिना सम्ममा लक–ईन राख्नुपर्ने व्यवस्था भएकाले सो शेयरको लकइन अवधि आगामी भदौमा सकिन लागेको हो। तोकिएको उक्त अवधि पूरा भएपश्चात सो शेयर दोस्रो बजारमा कारोबारका लागि पूर्ण रूपमा खुल्ला हुनेछन्।