काठमाडौं – गत आर्थिक वर्षमा नेपाल प्रहरीमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी १५ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न रहेको आरोपमा ५३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा ९ करोड ७१ लाख ६६ हजार ३९१ रुपैयाँ बराबरको सम्पत्ति, १ हजार ७५८ कित्ता शेयर तथा ५१ हजार ६७८.७६ वर्ग मिटर जग्गा रोक्का गरिएको छ।
यस्तै, ५ करोड ५९ लाख ६३ हजार ८६८ रुपैयाँ बराबरको सम्पत्ति, पाँच वटा सवारी साधन, २२ वटा मोबाइल फोन र एउटा कम्प्युटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पक्राउ परेकाहरू विरुद्ध कुल २७ अर्ब ६२ करोड ५ लाख ७ हजार ४४२ रुपैयाँ बिगो माग दाबी गरिएको छ।
यसैबीच हाल प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी ४४ वटा मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ। ती मुद्दामा ३०२ जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीमध्ये १९६ जना अझै फरार रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ।







About Us
प्रतिक्रिया