काठमाडौं – गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यालयमा कुल ६१ हजार १६ वटा मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीका अनुसार सबैभन्दा बढी मुद्दा काठमाडौं उपत्यकामा दर्ता भएका छन्।
प्रहरीको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा एक वर्षको अवधिमा १५ हजार २९७ वटा मुद्दा दर्ता भएका छन्, जुन देशभर दर्ता भएका कुल मुद्दामध्ये सबैभन्दा धेरै हो।
काठमाडौं उपत्यकापछि मधेश प्रदेशमा सबैभन्दा बढी १० हजार ७५० वटा मुद्दा दर्ता भएका छन्। त्यसपछि कोशी प्रदेशमा ९ हजार ८६३, लुम्बिनी प्रदेशमा ८ हजार ४५७, बागमती प्रदेशमा ५ हजार ८५२, गण्डकी प्रदेशमा ४ हजार ७२८, सुदूरपश्चिम प्रदेशमा ३ हजार ८८७ र कर्णाली प्रदेशमा २ हजार १८२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।







About Us
प्रतिक्रिया