मन्त्रिपरिषद् निर्णयः प्रहरी प्रतिष्ठान स्थानान्तरण नहुने


काठमाडौं – सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रक्षिण प्रतिष्ठान स्थानान्तण नगर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले प्रष्ठिानको सबै जग्गा पूर्ववत् रुपमा प्रतिष्ठानले नै प्रयोग गर्ने निर्णय भएको सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताए।

मन्त्रिपरिषद्को २०७५ भदौँ २१ को निर्णय बमोजिम प्रतिष्ठानको उक्त जग्गा राष्ट्रपतिको कार्यालयलाई प्रदान गर्ने निर्णय भएको थियो।