काठमाडौं – वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै सामसंङ नेपालले सपनादेखि सम्भावनासम्म अभियान सार्वजनिक गरेको छ।
विदेशबाट नेपालमा रेमिट्यान्स पठाउने नेपालीलाई सामसङ रेमिटमा अफर अभियानमार्फत एनसेल, खल्ती र आइएमइ तथा हुलासलगायतका साझेदारसँग मिलेर रेमिट्यान्समा निर्भर परिवारलाई लाभ दिने लक्ष्य राखेको छ।
त्यसका लागि सामसङका उत्पादन खरिदमा विशेष लाभ दिइने र एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको इएमआइ र क्यासब्याक जस्ता योजना ल्याइएको छ। अभियानले सामसङ इनोभेसनमार्फत जीवन जोड्ने र आधिकारिक उत्पादन छनोट गर्ने महत्वलाई जोड दिएको कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया