लेकसाईडमा पर्यटकलाई दुःख हैरानी दिने १६ जना महिलाहरू पक्राउ


काठमाडौं – कास्कीको लेकसाईड एरियामा रातिको समयमा विभिन्न महिलाहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई दुःख हैरानी दिने  १६ जना महिलाहरू पक्राउ परेका छन्। 

उनीहरूले पर्यटकलाई अनावश्यक दुःख हैरानी दिने, लुटपाट गर्ने तथा अनैतिक क्रियाकलाप गर्ने गरेको जनगुनासोका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लेकसाईड एरियाबाट पक्राउ गरेको छ। ती महिलाहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ।