पोखरामा अफलाइन पठाओ र इनड्राइभबाट यात्रु ठग्ने १३ जना पक्राउ


काठमाडौं – पोखरा नगर क्षेत्रमा अफ लाइन पठाओ तथा इनड्राईभ गर्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा  स्याङ्जाका विष्णु बहादुर नेपाली, कास्कीका राजन परियार, लिल बहादुर गुरुङ, प्रबिण थापा, नवीन थापा, दिपक कुमार गुरुङ, अम्मर बहादुर महतरा, माधव कुईकेल, बुद्धि बहादुर विक, बिक्की लामा, कृष्ण बहादुर गुरुङ तनहुँका कृष्ण कुमालर गोरखाका  मिन बहादुर थापा रहेका छन्। 
 
उनीहरूले पोखरा नगर क्षेत्रमा पठाओ तथा इनड्राईभमा आबद्ध रही वा नरही अफ लाइनमा मोटरसाइकल चलाई यात्रुहरूसँग तोकिएकोभन्दा बढी भाडा दर उठाई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ।

साथै, यात्रुहरूलाई अनावश्यक दुःख हैरानी दिएको भन्ने व्यापक सूचना भए पश्चात् जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाको विभिन्न स्थानहरूबाट निम्न १३ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ।