सिटी होटलको २ करोड कित्ता बढी शेयरको लक–इन अवधि आगामी जेठ ५ गते सकिँदै


काठमाडौं – सिटी होटल लिमिटेडको संस्थापक तथा कर्मचारीको स्वामित्वमा रहेको कुल २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता शेयरको लक–इन अवधि समाप्त हुने भएको छ।

कम्पनीको संस्थापक शेयरधनी तथा कर्मचारीहरूलाई छुट्टाइएको शेयरमध्ये संस्थापक शेयरधनी र कर्मचारीको नाममा रहेको शेयरको लक–इन अवधि आगामी जेठ ५ गते सकिने भएको हो।

जसमा संस्थापक समूहअन्तर्गत २ करोड ७१ लाख १८ हजार ८०० कित्ता शेयर र कर्मचारीतर्फ १ लाख २० हजार ५२८ कित्ता शेयर लक–इनमा रहेको रहेको छ।