रुबीकुमारीले सम्हालिन् उपसभामुखको जिम्मेवारी


काठमाडौं – उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि जिम्मेवारी सम्हालेकी छन्। ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन्।

उनले सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन्। सभामुख अर्यालले रुबीलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिए ।

ठाकुर २०८२ चैत २७ गते उपसभामुख पदमा निर्वाचित भएकी थिइन्। निर्वाचनपछि औपचारिक प्रक्रिया पूरा गर्दै उनले आजदेखि जिम्मेवारी सम्हाल्न सुरु गरेकी हुन्।

उनको पदबहालीसँगै संघीय संसदको नेतृत्व संरचनामा नयाँ अध्याय सुरु भएको छ। आगामी दिनमा संसदीय कार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।