काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार छोड्ने तयारी गरेकी छिन्। नयाँ सरकार गठन भएलगत्तै बालुवाटारको सरकारी निवास छोड्न उनले निवास खाली गराएकी हुन्। प्रधानमन्त्री कार्कीले सबै सामान धापासीस्थित निजी निवासमा सारिसकेकी छन्।
शुक्रबार नयाँ प्रधानमन्त्रीको शपथ लगत्तै उनी सिधै निजी निवास धापासी जानेछिन्।‘अब बालुवाटारमा दुई-तीन दिन बस्नलाई चाहिने सामानमात्रै बाँकी छन्, १३ गते नै धापासी सर्नुहुन्छ’, प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले बताए। उनका अनुसार सामान सार्न थालेको एक हप्ता पहिलेबाटै हो।
नयाँ प्रधानमन्त्रीले शपथपछि सीधै बालुवाटार जान चाहेमा उक्त निवास पूर्णतः खाली भइसक्ने उनले बताए ।



About Us
प्रतिक्रिया