कारोबार खुल्नसाथ २० मिनेट रोकिएको नेप्से फेरी बढ्यो ५ प्रतिशत, ४० मिनेटलाई रोकियो कारोबार


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोस्रो पटक कारोबार रोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाको निर्वाचनमा दुई तिहाई बहुमत ल्याएपछि शेयर बजार कारोबार सुरु भएको २५ २१ मिनेटमा नै दुई पटक कारोबार रोकिएको हो।

कारोबार खुलेको पहिलो मिनेटमा नै ४ प्रतिशत बढेर २० मिनेटलाई रोकिएको कारोबार दोस्रो पटक खुल्नसाथ फेरी रोकिएको हो। नेप्सेमा सुरुमा ४ प्रतिशत बढ्दा २० मिनेट कारोबार रोक्ने र ५ प्रतिशत बढेपछि ४० मिनेट कारोबार रोक्ने व्यवस्था छ।

६ प्रतिशत बढ्यो भने सो दिनको कारोबार नै बन्द हुनेछ। ५ प्रतिशतले बढेसँगै परिसूचक २८ सय ४८ अंकमा पुगेर रोकिएको छ। यसक्रममा २८ करोड ५१ लाख २५ हजार रुपैयाँको शेयर किनबेच भएको छ भने २३९ वटा कम्पनी बढेका छन्।

यद्यपी १ कम्पनीको शेयर मूल्य भने घटेको छ।