प्रभु बैंकको सीईओ बने सुमन शर्मा


काठमाडौं – प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। बैंकको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। चार वर्षका लागि सीईओमा नियुक्त भएका शर्माले आजदेखि नै कार्यभार सम्हाल्नेछन्। माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत गरेको थियो।

नवनियुक्त सीईओ शर्मासँग बैंकिङ्ग क्षेत्रको शर्मा २० वर्षभन्दा बढी अनुभव छ। सीईओ शर्मा यसअघि सनराइज बैंकमा सीईओ थिए। ग्लोबल आइएमई बैंकमा डिसिईओ र माछापुच्छ्रे बैंकमा सीईओ भएर काम गरेका थिए।

नेदरल्यान्डबाट एमबीए गरेका छन् भने शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट भौतिकशास्त्रमा पनि स्नातकोत्तर गरेका छन्। नेपालका वाणिज्य बैंकहरूको कर्जा जोखिम व्यवस्थापन अभ्यास, नेपालका साना किसानहरूको आय वितरण तथा उपभोग खर्चको ढाँचा जस्ता विषयमा उनले अनुसन्धान पनि गरेका छन्।