काठमाडौं – स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ त्यति नै चाँदीको मोल सात हजार ३०० रुपैयाँ कायम भएको छ।
मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० रुपैयाँ त्यति नै चाँदीको मोल छ हजार ८७० रुपैयाँ कायम भएको छ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





About Us
प्रतिक्रिया