काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्थाले माघ १२ गतेदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक समुहका केही संस्थाको शेयरधनीको नाममा रहेको १६ हजार ८ सय ६१ कित्ता शेयर बिक्रीमा राखेको हो।
सो शेयर खरिदका लागि पहिलो प्रथामिकता कम्पनीको विद्यामान संस्थापक शेयरधनीलाई दिएको कम्पनीले जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक कम्पनीको विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको मितिले (माघ १२ गतेबाट) ३५ दिन भित्रमा आवेदन दिन सक्नेछन्।
इच्छुकले कम्पनीको केन्द्रिय कार्यालय बन्दीपुर–१ डुम्रे तनहुँ मा आफुले खरिद गर्ने शेयर कित्ता खुलाई आवेदन दिन सक्नेछन्।





About Us
प्रतिक्रिया