सुपरमाई हाइड्रोपावरको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त


काठमाडौं – सुपरमाई हाइड्रोपावर लिमिटेडले कम्पनीको शेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रयाउने लगायत शेयरवालाको लगत अद्यावधिक राख्ने तथा रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि क्यापिटलाई नियुक्त गरेको हो।

कम्पनीले क्यापिललाई आगामि फागुन १ गतेदेखि लागूहुने गरी आगामि ३ वर्षका लागि सो कार्यका लागि नियुक्त गरेको हो।