पिपुल्स पावरले सञ्चालन गर्दै आएको पुवा २ जलविद्युत आयोजनाको पुनःउत्पादन सुरु


काठमाडौं – पिपुल्स पावर लिमिटेडले सञ्चालन गर्दै आएको ४.६ मेगावट क्षमताको पुवा २ जलविद्युत आयोजनाले पुनः विद्युत उत्पादन सुरु गरेको छ।

गत असोज १८ गतेदेखिको अविरल वर्षाका कारण आयोजनामा पूर्ण रुपमा प्रभावित बनेर बन्द भएको थियो। सो आयोजनाले माघ ९ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो।