अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीलाई कार्यकारी निर्देशक सुवेदी भने – छिटो र पारदर्शी दावी भुक्तानी सुनिश्चित गर्नु


काठमाडौं – नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले अन्तर्राष्ट्रिय पुनर्बीमा संस्थाहरूलाई नेपालमा छिटो र पारदर्शी दावी भुक्तानी सुनिश्चित गर्न आग्रह गरेका छन् । उनले सिङ्गापुरमा आयोजित इन्सुरइन्नोभेटर कनेक्ट २०२५ लाई सम्बाेधन गर्दै हालै नेपालमा भएका क्षतिको सन्दर्भमा छिटो र पारदर्शी दावी भुक्तानी सुनिश्चित गर्न आह्वान गरेका हुन् ।

उनले छिटो र पारदर्शी दावी भुक्तानी गर्दा जनविश्वास पुनःस्थापित गर्न र नेपालको बीमा क्षेत्रको दीगो विकासमा टेवा र्पुयाउने बताए । उनले साना बीमा कम्पनीहरूलाई जोखिममा आधारित पूँजी ढाँचा कार्यान्वयनमा पर्ने चुनौतीहरू, डिजिटल बीमा विस्तारमा आवश्यक साइबर सुरक्षाको सुदृढता र डेटा गोपनीयता, एआईमा आधारित अन्डरराइटिङ र दावी प्रक्रिया सम्बन्धी अवसर र जोखिमहरूका साथै नेपालले ‘डिजिटल इन्स्योरेन्स’ कार्यक्रममार्फत स्थानीय सरकार, सहकारी संस्था र डिजिटल भुक्तानी प्रदायकहरूसँग साझेदारी गरिरहेको विषय पनि उठान गरेका थिए ।

उनले सामाजिक सञ्जालमार्फत आफूले सो कार्यक्रममा उठाएको विषयहरुको बारेमा जानकारी दिएका हुन् ।