हेटौंडाबाट ११ जना जुवाडे पक्राउ, ६ लाख बढी बरामद


काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १० बसपार्क गुम्बा नजिक सोही ठाउँ बस्ने ३५ वर्षीय हिरालाल मोक्तानले सञ्चालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा मोक्तान समेत ११ जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ६ हजार ३ सय १० रुपैयाँ र ११ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान  गरिरहेको प्रहरी जनाएको छ ।