तिहार बिदामा पनि खुला रहनेछन् आयल निगमका यी डिपो


काठमाडौं – नेपाल आयल निगम लिमिटेड अन्तर्गतका विभिन्न डिपो तथा कार्यालयहरू तिहार बिदामा पनि खुला रहने भएका छन् । निगमले शुक्रबार एक सूचना जारी गर्दै खुला रहने डिपोबारे जानकारी गराएको छ । जसमा, कोशी प्रादेशिक कार्यालय, विराटनगरले कार्तिक ४ र ७ गते सञ्चालनमा रहने भएको हो । त्यस्तै, मधेस प्रादेशिक कार्यालय, अमेलखगञ्जले कार्तिक ३, ४ र ८ गते सञ्चालनमा रहेर सेवा दिनेछ ।  

त्यसैगरी, बागमती प्रादेशिक कार्यालय, त्यस्तै, थानकोट  ४ र ७ गते, त्यससँगै, गण्डकी प्रादेशिक कार्यालय, पोखरा  कार्तिक ३, ४ र ८ गते त्यस्तै, लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवा कार्तिक ३, ४ र ८ गतेसम्म खुला रहनेछन् । यस्तै, कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत कार्तिक ४ र ७ गते त्यससँगै सुदूर पश्चिम प्रादेशिक कार्यालय, धनगढी  कार्तिक ४ र ७ गते खुला रहने भएका हुन् ।

त्यससँगै, शाखा कार्यालय, चारआली कार्तिक ७ र ८,  इन्धन डिपो, धनुषा कार्तिक ५ र ७ गते सञ्चालनमा रहनेछन् । यससँगै, इन्धन डिपो, नेपालगन्ज कार्तिक ४ र ८, त्यस्तै, शाखा कार्यालय, वीरगन्ज  कार्तिक ३, ४ र ८, यससँगै, इन्धन डिपो, दाङ कार्तिक ४ र ८ गते  र शाखा कार्यालय, दिपायल कार्तिक ८ गते खुला रहनेछन् ।