काठमाडौं – पछिल्लो केही समययता निरन्तर बढ्दै कीर्तिमानी कायम गरेको सुनको मूल्यले यो साता पनि सोही क्रमलाई जारी राख्यो । आइतबार स्थिर रहँदै तोलामा दुई लाख ३८ हजार रूपैयाँ कायम भएको सुनको मूल्य साेमबार दुई हजार चार सय रुपैयाँले बढ्दै दुई लाख ४० हजार चार सय रूपैयाँ पुग्यो ।
यस्तै, सोमबार भएको कारोबारको तुलनामा मंगलबार सुन प्रतितोला ८ हजार एक सय रुपैयाँले बढ्दै दुई लाख ४८ हजार पाँच सय रुपैयाँमा कारोबार भयो ।
बुधबार र बिहीबार क्रमशः चार सय रूपैयाँ र दुई हजार रुपैयाँले बढ्यो । योसँगै बुधबार दुई लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार दुई लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भयो ।
यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबार ७ हजार १ सय रुपैयाँले बढ्दै दुई लाख ५८ हजार रूपै याँ पुग्यो । समग्रमा यो साता सुनको मूल्यमा २० हजार रुपैयाँको वृद्धि देखियो ।






About Us
प्रतिक्रिया