२१ निर्माण कम्पनी तथा आपूर्तिकर्ता परे सरकारको कालोसूचीमा


काठमाडौं – सरकारले विभिन्न २१ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २१ आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको हो।

कार्यालयले विभिन्न सार्वजनिक निकायबाट प्राप्त सिफारिसका आधारमा ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो। सूचना अनुसार तीनवटा कम्पनीलाई दुई वर्षका लागि अरु १९ कम्पनी एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायहरूबाट कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।